१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५१:oo

गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस पनि संचालन हुने भएको छ । ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यही चैत्र १३ देखि चैत्र १७ गतेसम्म संचालन हुने बताइएको छ । प्रत्येक वर्ष बडा दशै र चैत्राष्टमीको बेलमा बागलुङ कालिका मन्दिरमा भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ ।

त्यसै अवसरमा हरेक वर्षझै यसवर्ष पनि नवरात्रको पहिलो दिनदेखिनै मेलाको तयारी थालिएको आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक कुमार खड्काले जानकारी दिए । 

चैत्राष्टमीको समयमा कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन । चैत्राष्टमीमा स्थानीय उत्पादनका सामाग्रीहरुको ठूलो संख्यामा प्रवरद्धन र किनवेच हुने पर्वको रुपमा समेत लिइन्छ ।

चैत्रशुक्ल अष्ठमीका दिन अर्थात चैते दशैंमा बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा अर्चना हुन्छ । यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेशकै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ । 

मेलाको अवसरमा राष्ट्रिय खुल्ला लोक तथा दोहोरी प्रतियोगिता, कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानिय लोक संस्कृति प्रर्दशन र रथयात्रा गरिने अध्यक्ष खड्काले बताए ।  मेलाकै अवसरमा रमाईलो मेला राख्नुका साथै १६० व्यापारिक स्टल र २२ वटा स्थानीय उत्पादको प्रर्वद्धनका निम्ती स्टलको व्यवस्थापन गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी जानकारी दिए । 

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतीसमेत रहने छ । मेला सम्पन्न गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । परम्परादेखि कालिका मन्दिर परिसर क्षेत्रमा लाग्दै आएको मेलालाई बागलुङ बजारसम्म जोड्ने गरी क्रियाकलापहरु संचालन गर्ने तयारी गरिएको खड्काले बताए ।

मेलाको उद्घाटन गर्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आउने भएका छन् ।   मेलालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी आयोजक कालिका भगवती गुठीसहित सरोकारवाला निकाय तथा संघ सस्थाहरुसंग समन्वय र सहयोग रहने मेला आयोजक समितिले जनाएको छ । 


 

ad
ad