
आइसिसी लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलपछि सिजी फुड्सले मैदानमा सफाइ कार्यक्रम सञ्चालन गरेको छ ।
मैदानभित्र र बाहिर गरेर ३०औँ हजार दर्शकको उपस्थिति रहेको उक्त रोमाञ्चक खेलमा वाइवाई, तयारी चाउचाउ अत्यधिक रूपमा खपत भएको भन्दै त्यहाँको सफाइ आफ्नो दायित्व सम्झी कार्यक्रम सञ्चालन गरेको सिजी फुड्सले जनाएको छ ।
‘बनौँ आदर्श नागरिक’ भन्ने नाराका साथ सामाजिक कार्यक्रम गर्दै आएको र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोतललगायत अन्य फोहोरलाई सफा गरिएको सिजी फुड्सले जनाएको छ ।