मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Wednesday, 17 September, 2025
२o७९ चैत ६ सोमबार ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार ११:५४:oo

वीरगन्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका- १६ स्थित इन्नवाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत बिहार पूर्वी चम्पारण मोतीहारीको लक्ष्मीपुरनिवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

बिआर ०६ जिऐ ९६९१ नम्बरको मिनीट्रकमा गाँजा लुकाई भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

इन्रवागाउँस्थित धर्मकाँटाअगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा गरिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई चैत ५ मा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद बुझेको सूचना अधिकारी सिंहले बताए ।