१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ५ आइतबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा ओझा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १९:४१:oo

त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा श्यामराज ओझा निर्वाचित भएका छन्। 

त्रिविअन्तर्गतका क्याम्पसमा आइतबार सम्पन्न स्ववियु निर्वाचनबाट सभापतिमा नेविसंघका उम्मेदवार ओझा निर्वाचित भएका हुन्।

उनले आफ्ना प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई ३३१ मतान्तरले पराजित गरेको मतगणना स्थलमा रहेका नेविसंघका नेता अशोक विष्टले जानकारी दिए। 

उनका अनुसार ओझाले ९६२ मत पाएका थिए भने विष्टले ६३१ मत प्राप्त गरेका छन्। अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ।

कांग्रेसले कीर्तिपुरको स्ववियु निर्वाचनका लागि पूर्वस्ववियु सभापति तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिम्मेवारी दिएको थियो। 

यसैगरी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु कोषाध्यक्षमा नेविसंघबाट पदमा भुसाल निर्वाचित भएकी छन् ।