Skip This
नवलपुरमा चैते धान लगाउने चटारो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका नवलपरासी
२o७९ चैत ५ आइतबार o८:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नवलपुरमा चैते धान लगाउने चटारो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार o८:o५:oo

पूर्वी नवलपरासीको नारायणी नदीआसपास र सिमसार क्षेत्रका किसानलाई चैते धान लगाउन भ्याइनभ्याई छ । असारअगावै धान भित्र्याइसक्ने गरी लगाइने चैते धान पूर्वी नवलपरासीको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीमा हुन्छ ।

चिउरा र भुजा बनाउन अत्यधिक खपत हुने चैते धान पूर्वी नवलपरासीका आठपालिकामध्ये पाँचवटामा बढी लगाइन्छ । नवलपुरमा गत वर्ष १२ सय १० हेक्टरमा धानखेती भएको कृषि विकास कार्यालय नवलपुरको तथ्यांक छ ।

गत वर्ष यहाँ ६ हजार एक सय २३ मेट्रिकटन चैते धान उत्पादन भएको थियो । कृषि ज्ञानकेन्द्र नवलपुरका बागवानी विकास अधिकृत शंकर पौडेलका अनुसार नवलपुरमा यस वर्ष चैते धानखेती गर्ने क्रम पनि बढेको छ भने धान उत्पादन पनि बढ्ने देखिएको छ ।