१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ चैत ४ शनिबार १८:५१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रेवान कप टेनिस : उपाधिका लागि पौडेल र श्रेष्ठ भिड्ने

Read Time : < 1 मिनेट
२०७९ चैत ४ शनिबार १८:५१:००

राजन पौडेल र नवीन श्रेष्ठ पोखरामा जारी तेस्राे संस्करणको रेवान कप टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न सेमिफाइनलको खेलमा पौडेलले लक्ष्मण तामाङलाई ६–३, ६–२ र श्रेष्ठले अनुजकुमार बाँस्तोलालाई ६–४, ६–४ ले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

यसैगरी, डबल्सतर्फको सेमिफाइनलमा गोपीबहादुर भट्टराई र सूर्य भुजेलको जोडीले पदम गुरुङ र हुम आलेको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दा अर्को खेलमा अनुजकुमार बाँस्तोला र नवीन श्रेष्ठको जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै फाइनलमा पुगे ।

उपाधि विजेता खेलाडीले नगद रु १० हजार र उपविजेताले नगद पाँच हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।