
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।
संघतर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता थिए।
आज अपराह्न ५ बजेभित्रै नतिजा घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन्।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ।