१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हाइकिङ जाँदा बोक्नैपर्ने सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२५:oo

अहिलेको मौसममा धेरैजना हाइकिङमा जान रुचाउँछन् । एक वा दुई दिन समय मिलाएर मानिसहरू नजिकको ठाउँमा हाइकिङका लागि निस्कने गरेका छन् । तर, हाइकिङ जाँदा तपाईंले केही विषय ख्याल गर्न जरुरी छ । कहाँ जाने, कति समय घुम्नेलगायत विषयमा पहिल्यै योजना बनाउनुपर्छ । त्यसपछि हाइकिङका लागि आवश्यक सामग्री पनि झोलामा  बोक्नुपर्ने हुन्छ । 

पानीको बोतल : तपाईं पैदल यात्राको समयमा हाइड्रेटेड रहनुपर्छ । त्यसका लागि पानीको बोतल बोक्नुस् । हरेक दुई घन्टा हिँडिसकेपछि कम्तीमा एक लिटर पानी पिउनु राम्रो हुन्छ ।

स्न्याक्स :  केही हल्का स्न्याक्स झोलामा बोक्नुस् । ऊर्जा दिने चकलेट, फलफूललगायत राख्न सकिन्छ । यसको सेवनले तपाईंलाई थकानबाट जोगाउँछ । 

सनस्क्रिन : सनस्क्रिन बोक्नुस् । यसले घामबाट छालालाई जोगाउँछ । अनुहारमा प्रत्यक्ष घाम पर्न नदिनका लागि तपाईंले क्याप पनि लगाउनु राम्रो हुन्छ । 

कपडा :  झोलामा रेनकोट बोक्न नबिर्सनुस् । चिसो मौसममा न्यानो ज्याकेट लगाएर मात्रै जानुस् । 

प्राथमिक उपचार किट :  ब्यान्डेज, एन्टिसेप्टिक वाइप, सिटामोललगायतका प्राथमिक औषधि, थर्मोमिटर, अक्सिमिटरलगायत सामग्रीसहितको प्राथमिक उपचार किट बोक्न जरुरी छ । 

चार्जर :  मोबाइल फुल चार्ज गर्नुस् । साथै, झोलामा डाटा बैंक वा चार्जर राख्न नबिर्सनुस् ।

राम्रो जुत्ता लगाउनुस् :  हाइकिङ जाँदा नचिप्लिने खालको आरामदायी जुत्ता लगाउनुपर्ने हुन्छ । हिँड्नका लागि सहज हुने स्पोर्टस् सुज लगाउनुस् । 

ad
ad