Skip This
यस्तो छ राष्ट्रपति निर्वाचनको मतदानस्थल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो छ राष्ट्रपति निर्वाचनको मतदानस्थल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:४४:oo

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने  मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि संघीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।

निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्ट्रार केशव पौडेल र प्रदेश सभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिस्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरेको छ ।

ad
ad