Skip This
कांग्रेस सरकारमा गएपछि अर्थतन्त्रको ज्वरो हट्छ : गगन थापा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २४ बुधबार ११:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सरकारमा गएपछि अर्थतन्त्रको ज्वरो हट्छ : गगन थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार ११:४१:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस सरकारमा गएपछि अर्थतन्त्रमा आएको ज्वरोलाई हटाउने बताएका छन् । मंगलबार नेपाली कांग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै अर्थतन्त्रको निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै वेला थला पर्ने अवस्थामा पुग्ने बताए ।  

उनले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने उल्लेख गरे । उनले सरकार र संसद्ले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए। उनले नेपाली कांग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्ब अघि सार्ने व्यवसायीहरूसामु प्रतिबद्धता गरे । 

उनले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताए । महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली कांग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमानदार प्रयत्न गर्ने उल्लेख गरे । उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै नसुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि सांसदहरूसमेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए ।