१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक हप्ता सर्‍यो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:५६:oo

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन एक हप्ता ढिलो हुने भएको छ । फागुन २३ मा हुने भनिएको उक्त अडिसन चैत ४ र ५ गते हुने भएको हो । आयोजक कम्पनीले प्राविधिक कारणले गर्दा अडिसन एक हप्तापछाडि सरेको जनाएको छ । अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने कम्पनीको भनाइ छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमै स्टुडियो अडिसनमा सहभागी हुनुपर्ने जनाइएको छ । 

साथै, विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सक्ने उल्लेख छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउनुपर्ने कम्पनीले जनाएको छ । ‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनुपर्ने जनाइएको छ । अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनुपर्ने सर्त राखिएको छ । 

‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै, ‘मेरो डान्स युनिभर्स’का विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउने तथा फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । यी दुवै प्रतियोगिता नेपालकै सर्वाधिक धनराशिको भएको आयोजकको दाबी छ ।

डान्स युनिभर्सको सांस्कृतिक समूह विधाका विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । साथै, फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले पाँच लाख रुपैयाँ पुरस्कार पाउने उल्लेख छ । आयोजकले नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशहरूबाट पनि नेपालीभाषीको बृहत् सहभागिताको अपेक्षा राखेको उल्लेख गरेको छ ।

ad
ad