Skip This
तलबभत्ता र स्वास्थ्य सुविधा माग गर्दै सफाइकर्मी आन्दोलनमा, कर्मचारी र प्रहरीबीच झडप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण २१ आइतबार १२:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तलबभत्ता र स्वास्थ्य सुविधा माग गर्दै सफाइकर्मी आन्दोलनमा, कर्मचारी र प्रहरीबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १२:o५:oo

तलबभत्ता र स्वास्थ्य सुविधा माग गर्दै आन्दोलनरत सिराहा नगरपालिकाका सफाइ कर्मचारी र प्रहरीबीच भिडन्त भएको छ । सडकमा आन्दोलनरत सफाइ कर्मचारीले सडकमा पानी छर्किँदै गरेको सिराहा नगरपालिकाको बारुणयन्त्र रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको हो ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गरेको छ । आन्दोलनरत सफाइकर्मीले पनि झाडु प्रहरीमाथि प्रहार गरेका थिए । एक प्रहरीको टाउको फुटेको छ । तलब सुविधाको माग गर्दै सफाइकर्मीले आज आइतबार बिहानदेखि प्रदर्शन सुरु गरेका हुन् ।

विगत चार महिनाको तलबभत्ता भुक्तानी नगरेको भन्दै सरसफाइ कार्यमा खटिँदै आएका कर्मचारी आन्दोलित भएका छन् । बिहानै सफा गरिएको सडकमा उनीहरूले संकलन गरेको फोहाेर पुनः फ्याँकेर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । होली पर्वसमेत आइसकेकाले तलबभत्ता भुक्तानी दिनुपर्ने भन्दै उनीहरू सडकमै फोहोर फ्याँकेर प्रदर्शनमा उत्रिएका हुन् ।

सिराहा नगरपालिका क्षेत्रभित्रका सडक, नगरपालिका कार्यालय र शौचालयहरू सरसफाइमा करिब ५० दलित, विपन्न, डोम र मेस्तर समुदायका मानिस कार्यरत छन् । लामो समयदेखि तलबभत्ता नदिँदा दैनिक गुजारा गर्नै धौधौ परेकाले दबाबस्वरूप आन्दोलनमा उत्रिनुपरेको सफाइकर्मी सुनील मेस्तरले बताए । ‘हामीलाई सेवा सुविधामा विभेद छ । सुरक्षाको सामग्री पनि दिइँदैन,’ उनले भने, ‘स्वास्थ्यमाथि जोखिम मोल्दै घरपरिवार चलाउन सरसफाइ कार्यमा खटिँदै आएका छौँ ।’