Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वप्रधानन्यायाधीशहरूले समेत सर्वोच्चकै आदेशविपरीत सुविधा लिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण १९ शुक्रबार १०:१९:००

पूर्वप्रधानन्यायाधीशहरूले सर्वाेच्चकै आदेशविपरीत गाडी र चालक लिइरहेका छन् । पूर्वप्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली, सुशीला कार्की, कल्याण श्रेष्ठ, रामकुमारप्रसाद साह, रामप्रसाद श्रेष्ठ, मीनबहादुर रायमाझी, दिलीप पौडेल तथा पूर्वकामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चबाट गाडी, चालक र इन्धनको सुविधा लिइरहेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०७४ को दफा ७ (५)मा प्रधानन्यायाधीशलाई उपलब्ध गराएको सवारीसाधनको सुविधा कार्यकाल समाप्त भएको सात दिनसम्म मात्र पाउने व्यवस्था छ । ऐनको दफा ७ (६) अनुसार अवकाशप्राप्त न्यायाधीशले आफैँले खरिद गरी लैजान चाहेमा सो सवारीसाधनको किताबी मूल्य लिई हस्तान्तरण गर्न सकिने भनिएको छ । 

२७ जेठ ०६८ को मन्त्रिपरिषद्बाट पूर्वप्रधानन्यायाधीलाई एउटा सवारीसाधन, मासिक ७५ लिटर इन्धन, सवारीचालक दिने निर्णय भएको थियो । जसलाई सर्वाेच्चले नै खारेज गरिसकेको छ । गत वर्ष मात्र पूर्वप्रधानन्यायाधीशहरूलाई सर्वोच्चले नयाँ गाडी दिएर पुरानो गाडी फिर्ता गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले त आफू पदमै हुँदा नयाँ गाडी किनेर अवकाशपछि लगेका थिए । कामुमै अवकाश पाएकाले यस्तो सुविधा नपाउनेमा ६ महिनाभन्दा लामो समय कामु भएर काम गरेकालाई पूर्वप्रधानन्यायाधीशसरह नै सुविधा दिने निर्णय गत असोजमा सरकारले गरेको थियो । 

(*समाचारको शिर्षकमा ‘पूर्वप्रधानन्यायाधीशहरूले समेत सर्वोच्चकै आदेशविपरीत सुविधा लिँदै’ हुनुपर्नेमा  अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ । सं.)