Skip This
काठमाडौंनजिकका ८ हाइकिङ ट्रेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ११ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण ११ बिहीबार १o:५९:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

काठमाडौंनजिकका ८ हाइकिङ ट्रेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ११ बिहीबार १o:५९:oo

दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँधुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः सहरिया युवायुवती हाइकिङ जाने गरेको पाइन्छ । सपरिवार हाइकिङ जानेको संख्या पनि बढ्दो छ । हाइकिङ शारीरिक दृष्टिकोणले पनि राम्रो मानिन्छ । यसले रमाइलोसँगै शारीरिक कसरतमा सहयोग पुर्‍याउँछ । अहिलेको मौसममा आकाश खुला हुने भएकाले पनि दृश्यावलोकनको मज्जा लिन सकिन्छ ।

 चम्पादेवी : काठमाडौंबाट सवारीसाधनमार्फत छोटो समयमै चम्पादेवी पुग्न सकिन्छ । चुचुरोमा पुगेपछि पहाडी शृंखलाको अवलोकन गर्न पाइन्छ । छोटो अवधिमै सहरको धुवाँधुलो छोडेर स्वच्छ वातावरण महसुस गर्न पाइन्छ । हिमालय शृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता मानिन्छ । 

फुलचोकी : काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडहरूमध्ये सबैभन्दा अग्लो चुचुरो फुलचोकी हो । यहाँबाट गौरीशंकर, गणेशलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । फुलचोकी जानका लागि पहिले सवारीसाधनमार्फत गोदावरी पुग्नुपर्छ । त्यसपछि हिँड्ने क्रम सुरु हुन्छ । 

शिवपुरी : काठमाडौंको नागार्जुन नगरपलिकाअन्तर्गत पर्छ, शिवपुरी डाँडा । यस रुटमा सेतो गुम्बा, आनी गुम्बा हेर्दै हिँड्न पाइन्छ । डाँडामा पुगेपछि गणेश, गौरीशंकरलगायतका हिमाल देख्न सकिन्छ । 

लाँकुरी भञ्ज्याङ : लाँकुरी भञ्जाङबाट उपत्यकाका तीनवटै जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । यो क्षेत्र चारैतिरबाट वनले घेरिएको छ । यो क्षेत्र पिकनिक स्पटका लागि पनि चर्चित छ ।  

सुन्दरीजल : घुम्नका लागि नजिकको स्थान सुन्दरीजल पनि हो । सुन्दरीजलबाट मूलखर्क हुँदै ओखे्रनी जाने एउटा रुट छ । अर्को राम्रो रुट चाँगुनारायण–सुन्दरीजल हो । 

चन्द्रगिरि : चन्द्रागिरि अर्को चर्चित हाइकिङ ट्रेल हो । यो कीर्तिपुरको मच्छेगाउँबाट सुरु हुन्छ । छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिमा उपत्यका आक्रमणका वेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई आजभोलि ‘कालु पाँडे फोर्ट’ भन्ने गरिन्छ । चन्द्रागिरिको डाँडा निस्कने अर्काे ट्रेल थानकोटको गोदामचौरबाट पनि छ ।

ककनी : ककनी नुवाकोट जिल्लामा पर्छ । यो पिकनिक स्पटका रूपमा चर्चित छ । अहिले हाइकिङका लागि पनि युवायुवतीहरूको रोजाइमा पर्न थालेको छ । बलाजु–मुड्खु भञ्ज्याङ हुँदै ककनी गएर फर्कन सकिन्छ । 

नमोबुद्ध : नमोबुद्ध पनि हाइकिङका लागि उपयुक्त ठाउँ हो । काठमाडौंबाट सवारीसाधनमा काभ्रे भञ्ज्याङ गएर त्यहाँबाट यात्रा सुरु गर्न सकिन्छ । यो धार्मिक रुट पनि हो, यहाँ सयौँ बुद्धिस्ट पुगेका हुन्छन् ।