मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण १० बुधबार १०:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बनाउनुस् वास्तुशास्त्रअनुसार मिलेको घर

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १० बुधबार १०:४४:००

मानव जीवन बसोवास गर्ने क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । सामान्य रूपमा मानिस बस्ने ठाउँलाई पञ्चतत्वअनुसार मिलाउने कार्यलाई नै वास्तु भनेर बुझिन्छ ।

वास्तुशास्त्रको मुख्य मान्यता प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण हुनुपर्छ भन्ने हो । यसले घर वा भवनमा ऊर्जा प्रवाह गर्छ । भूमि, नाग, भूमिदेवी तथा पर्यावरणीय सन्तुलन कायम हुन्छ र व्यक्तिलाई प्रकृतिसँग तालमेल गर्दै आनन्दमय जीवन व्यतीत गर्न सहयोग पुर्‍याउँछ । 

प्रवेशद्वार : घर बनाउँदा सकेसम्म उत्तर वा पूर्व फर्किएको भूमिमा निर्माण गर्नु उपयुक्त हुन्छ । प्रमुख प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुनु राम्रो मानिन्छ । यसको ढोका अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ । 

भान्साकोठा :  घर निर्माण गर्दा भान्साकोठाको स्थान दक्षिण–पूर्व आग्नेय दिशामा हुनुपर्छ । यो सम्भव नभएमा कोठाको दिशा हेरेर पनि मिलाउन सकिन्छ । सामान्यतया खाना पकाउँदा पूर्व वा उत्तर फर्किएको हुनुपर्छ । 

इनार वा जलाशय :  घरको पूर्व र उत्तर ईशान दिशामा पानीट्यांकी वा अन्डर ग्राउन्ड इनार राख्नु राम्रो मानिन्छ । 

पूजाकोठा  : पूर्व–उत्तर ईशान दिशाको बीचमा पूजाकोठा हुनु राम्रो मानिन्छ । ईशान्य कोठा हुनुपर्छ । जहाँ पढ्ने कोठा वा पूजाकोठा राख्न मिल्ने हुनुपर्छ । 

अध्ययन कक्ष : अध्ययन कक्ष नैऋत्य र पश्चिम दिशाको मध्य, पश्चिम दिशा, वायव्य दिशा, उत्तर दिशा वा ईशान कोणको पूर्व दिशामा बनाउनु उपयुक्त हुन्छ । उत्तर, ईशान र पूर्व दिशा अगम्य ज्ञान र तेजको दिशा हो । अध्ययन कक्ष उत्तर भएको राम्रो हुन्छ ।

 बैठक कोठा :  बैठक कोठा उत्तर फर्किएको राम्रो मानिन्छ । ढोका खोल्दा भित्र परेको हुनुपर्छ । घरको बीचमा बैठक कोठा बनाएको राम्रो मानिन्छ । 

शयन कक्ष :  घरको दक्षिण वा पश्चिम दिशातिर सुत्ने कोठाको स्थान बनाउँदा राम्रो हुन्छ । घरमूलीको शयन कक्ष घरको दक्षिण–पश्चिममा र सुत्दा शिर दक्षिणतर्फ हुनुपर्छ । 

शौचालय :  घरमा शौचालय दक्षिण वा पश्चिम दिशामा बनाउँदा राम्रो हुन्छ । शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा पूर्व वा पश्चिम फर्किनु आवश्यक छ ।

वास्तुअनुसार घर बनाउन नमिल्दा ...

  • सबैभन्दा पहिले वास्तुशास्त्रअनुसार घर निर्माण गर्नुअघि नै विचार पुर्‍याउनुपर्छ । तर, कतिपय अवस्थामा सम्पूर्ण वास्तुविज्ञानअनुसार मिलेको घर निर्माण गर्न सकिँदैन । त्यसैले घरमा स्वस्तिक चिह्न राख्ने, घरको ढोकामा अष्टमंगल घरको चिह्न राख्ने र घरको पाँचवटा ढोकामा कलश राख्ने गरिन्छ । 
  • वास्तु नमिलेको ठाउँमा वास्तुदोष कम गर्न कोठामा समान दाया–बायाँ गर्ने, सार्ने, कोठामा फरक–फरक रङ लगाउने, अन्य डिजाइनका सजावटका सामग्री छनोट गर्न सकिन्छ । जस्तै : भित्र चारवटा दिशामा सामान मिलाएर राख्न सकिन्छ । खाटको सिरानी पूर्व–दक्षिण फर्काउने गर्नुपर्छ ।
  • ईशान कोण र नैऋत्य कोणमा निकै ख्याल राख्नुपर्छ । यो दिशामा भण्डारण हुनुहुँदैन । त्यस्तै, चुलो र चर्पी पनि हुनुभएन । प्रकृतिको मूल आधार नै नैऋत्य भएकाले गर्दा यो दिशा सन्तुलनमा हुनुपर्छ । यसरी दोष कम गर्दा घरमा सुख र शान्ति कायम रहन्छ ।