१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार २o:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आर्थिक व्यवस्थापनकाे कमजोरी देखाउँदै प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:१९:oo

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

उनले भने, ‘गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ।’

एयरलाइन्सले आर्थिक रूपमा सबल रहेको भनेर नआएसम्म पुनःउडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पारे। निर्णयअनुसार गुणका सातवटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन्।

थाई एयरवेजको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ को म्याद थपिएन

यसैबीच प्राधिकरणले थाई एयरवेजले विगतदेखि गर्दै आइरहेको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय गरेको छ। 

प्रवक्ता निरौलाका अनुसार हवाई विभाग हुँदादेखि नै उक्त सेवा प्रदान गर्दै आएको थियो। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा गर्दै आएको छ। 

थाई एयरवेजले कोभिडपूर्व नेपालमा नियमित उडान गर्थ्याे । कोभिड सुरु हुनुभन्दा केही समयअघि नै उक्त वायुसेवा कम्पनीको उडान बन्द भएको थियो । अहिले थाई स्माइलले काठमाडौंमा उडान गरिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एयर इन्डियाले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको छ।

ad
ad