घरमा ग्यास लिक भएर आगलागी हुँदा ज्यान गुमाएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
सो क्रममा परिवार, आफन्त र शुभचिन्तकसहित कांग्रेस नेता–कार्यकर्ताले माल्यार्पण गरेका थिए । बुधबार राति आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा ८६ वर्षीया हरिकलाको मृत्यु भएको थियो । सांसद भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।