१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

आरोहण–गुरुकुलका १४ विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o६:oo

कुञ्ज नाटकघरमा नाट्य प्रशिक्षण लिएका १४ विद्यार्थी दीक्षित भएका छन् ।

नेपाली रंगमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुल, काठमाडौंले सञ्चालन गरेको एक वर्ष अवधिको आवासीय रंगमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई सोमबार थापागाउँस्थित कुञ्ज नाटकघरमा एक समारोहबीच प्रमाणपत्र प्रदान गरिएको हो।

नेपाली रंगमञ्चलाई व्यावसायिक बनाउने र गुरुकुल परम्पराअनुसार नाट्य अध्यापन गराउने गरेको आरोहणले २०७८ पुसदेखि कक्षा सञ्चालन गरेको थियो । अभिनय, संगीत, दृश्य कलासँगै रंगमञ्चका आधारभूत तत्वहरू, निर्देशन, रंगमञ्च र राजनीति, कचहरी नाटकलगायतबारे प्रशिक्षित गरी विद्यार्थीहरूले एक वर्ष समयावधिमा विभिन्न ६ वटा नाटकमा अभिनय गरेका थिए।

सोमबार दीक्षितहरूलाई आरोहणकी अध्यक्ष चन्द्रमाला शर्मा, आरोहणका कुलगुरु सुनील पोखरेललगायतले प्रमाणपत्र प्रदान गरे। ४ दशकदेखि आरोहणले नेपालमा रंगमञ्चीय गतिविधि गर्दै आएको छ।

दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौँ नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखामार्फत आवासीय कक्षा सञ्चालन गरेर करिब ५० जना रंगकर्मी उत्पादन गरिसकेको छ । जो अहिले नेपालका विभिन्न स्थानमा नाट्य संस्था खोलेर, स्वतन्त्र रुपमा रंगकर्म गरिरहेका छन् भने कतिपय नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन्।

काठमाडौंस्थित नाटकघर बन्द भए पनि विराटनगरस्थित शाखामार्फत पटक–पटक नाटक मञ्चन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय महोत्सव आयोजनालाई निरन्तरता दिएको आरोहणले काठमाडौं महानगरको सहयोग पाएपछि गत वर्ष पुसदेखि कुञ्ज नाटकघर भाडामा लिएर नाट्य प्रशिक्षणसँगै नाट्य गतिविधिलाई निरन्तरता दिइरहेको छ।

काठमाडौं महानगरसँगको सहकार्यको सम्झौता गत असारमै सकिएपछि अहिले आरोहणले आन्तरिक स्रोतबाट गतिविधि गरिरहेको छ। संस्थाको विराटनगरस्थित शाखामा २ वटा नाटकघरमा गतिविधि भइरहेको कुलगुरु सुनील पोखरेलले बताए।

केही समयपछि त्यहाँस्थित विद्यार्थीहरूलाई पनि दीक्षित गरिने आरोहणले जनाएको छ।

ad
ad