१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमएडब्लू ग्रुपले इलेक्ट्रिक सेडान, एसयुभी ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:३६:oo

एमएडब्लू ग्रुप र चीन विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समूहले सेरेसका इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । २०२३ को तेस्रो त्रैमासिकदेखि नेपालमा इलेक्ट्रिक एसयुभी, सेडान तथा मिनी इभीहरू सार्वजनिक गरिने सहमति भएको छ । सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो । 

यसको लोकप्रिय डिएफएसके तथा सेरेस ब्रान्डका लागि प्रसिद्ध छ । सेरेस समूह चीनको पहिलो कम्पनी हो, जसले स्वतन्त्र रूपमा विश्वको अग्रणी थ्री–इलेक्ट्रिक कोर टेक्नोलोजीलाई नियन्त्रण गर्छ । यो एक आन्तरिक अग्रणी वाहन निर्माता पनि हो, जसले पूर्ण रूपमा बौद्धिक नेटवर्क जडान प्रणाली र इन्जिनियरिङ निर्माणलाई एकीकृत गर्छ ।

एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘सेरेस समूहसँग मिलेर तिनीहरूको अत्याधुनिक इभी नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौँ ।’ सेरेस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेसनका उपमहाप्रबन्धक झाउ लिगाङले थपे, ‘सेरेस विश्वव्यापीस्तरमा जोडिएका सबै कुराको साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ र हामी हाम्रा इभीहरू नेपाली बजारमा ल्याउन एमएडब्लू समूहसँग साझेदारी गर्न पाउँदा खुसी छौँ ।’ 

ad
ad