१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २५ बुधबार ०६:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उपत्यकाका तीन स्थानमा भेटियो बर्डफ्लु

हालसम्म ६ हजार दुई सय १० कुखुरा, पाँच सय आठ हाँस, पाँच सय ५० किलो दाना र १० हजार दुई सय २५ वटा अन्डा नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २५ बुधबार ०६:४३:००

काठमाडौं उपत्यकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ । कुखुरामा छिटो संक्रमण हुने बर्डफ्लु पछिल्लो समय पहिलोपटक काठमाडौंको नागार्जुन नगरपालिका–६, रामकोटमा देखिएको हो । उक्त क्षेत्रबाट पहिलोपटक चार हजार पाँच सय ९१ कुखुरा, २२ सय ५५ वटा अन्डा नष्ट गरिएको भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रकी डा. सिजा वाग्लेले बताइन् ।

उनका अनुसार हालसम्म तीन स्थानमा संक्रमण फैलिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ र ७, ललितपुरको खुमलटारमा संक्रमण फेला परेको छ । 

तीनवटै स्थानमा गरी हालसम्म ६ हजार दुई सय १० कुखुरा, पाँच सय ५० किलो दाना र १० हजार दुई सय २५ वटा अन्डा नष्ट गरिएको छ । उनका अनुसार सोमबार तारकेश्वर नगरपालिका वडा नम्बर १ साङ्लामा लोकल कुखुरा चार सय ६२, पाँच सय आठ हाँस र दुई सय किलो कुखुरा नष्ट गरिएको छ । सोही नगरपालिका वडा नम्बर ७ मा पनि संक्रमण फैलिएको छ । जहाँबाट नौ सय ४० कमर्सियल लियर जातका कुखुरा, पाँच हजार चार सय ६० वटा अन्डा र एक सय किलो दाना नष्ट गरिएको छ ।

त्यस्तै, ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)मा सोमबार नै दुई सय १७ कुखुरा, २५ सय ३० अन्डा र दुई सय ५० किलो दाना नष्ट गरिएको छ । हालसम्म जानकारीमा आएको र परीक्षणपश्चात् देखिएकालाई तत्कालै नियन्त्रणमा लिएको पशु विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

अहिले संक्रमण देखिएको वरिपरिको स्थानमा परीक्षणको कामलाई तीव्रता दिइएको ढकालले बताए । संक्रमण देखिएको तीन किलोमिटर क्षेत्रफललाई संक्रमण प्रभावित क्षेत्रका रूपमा लिइन्छ । उनले भने, ‘विगतमा जुन स्थानमा संक्रमण देखिएको छ, त्यही स्थानमा पुनः दोहिरिएको छ, त्यसैले अहिलेसम्म नियन्त्रणमै छौँ, आत्तिहाल्नुपर्ने अवस्थामा छैन ।’