सेयर बजारमा उछाल, ७६ अंकले बढ्यो नेप्से

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७६.६४ अंकले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगेको छ। 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर चार सय १४.८७ मा पुगेको छ।

यस्तै, कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ। कारोबार भएका कुल दुई सय १५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एउटा मात्रै कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन। 

विभिन्न कम्पनीका कुल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता सेयर रु. तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ। 

आजको कारोबारपछि बजार पुँजीकरण रु. ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार एक सय ८६ पुगेको छ। 

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ। बैंकको सेयर रु. १२ करोड ९२ लाख ४२ हजार सात सय २६ मा कारोबार भएको छ।

यस्तै, न्यादी ग्रुप पावर रु. ११ करोड तीन लाख ७० हजार पाँच सय ४४, अपि पावर कम्पनी रु. नौ करोड ३९ लाख ९९ हजार आठ सय ३४ र हिमालयन डिस्टिलरी रु. ६ करोड ६४ लाख ७२ हजार एक सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, रिडी पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ। 

यस्तै, आइसिएफसी फाइनान्स कम्पनीको ऋणपत्र ५.९०, एभरेस्ट बैंकको ऋणपत्र १.९५, एनआइबिएल प्रगति फन्ड १.६९, नेपाल एसबिआई बैंकको ऋणपत्र १.५८ र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य १.२९ प्रतिशतले घटेको छ।
 

सुझावित समाचार