
जिम गएर हामी शरीरको माथिल्लो भागलाई बलियो बनाउन मात्रै केन्द्रित हुन्छौँ । तर, हामीले समग्र शरीरलाई स्वस्थ र सन्तुलित बनाउनेतर्फ ध्यान दिनुपर्छ । खुट्टाको मांसपेशीलाई बलियो बनाउनका लागि केही व्यायाम नियमित गर्नु राम्रो हुन्छ।
बर्बेल स्क्वाट : बर्बेल स्क्वाट सामान्य एक्सरसाइज हो, यो व्यायामका लागि जिममा मेसिनहरू हुन्छन् । यो एक्सरसाइज खुट्टाका लागि निकै उत्तम मानिन्छ । हातमा तौल लिएर गर्नुपर्छ । हातमा तौल लिएर एक्सरसाइज गर्दा खुट्टाको सेप राम्रो बन्छ र शक्ति पनि प्रदान गर्छ ।
लेग प्रेस : खुट्टालाई बलियो र आकर्षक बनाउन लेग प्रेस उत्तम व्यायाम हो । यो व्यायामका लागि जिम सेन्टरमा दुई प्रकारका मेसिन उपलब्ध हुन्छन् । एउटा मेसिनमा तपाईं बसेर व्यायाम गर्न सक्नुहुन्छ भने अर्काेमा सुतेर व्यायाम गर्न सक्नुहुन्छ ।