१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जिम्मेवारी नपाएको भन्दै रास्वपाका चितवन जिल्ला सभापतिद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१३:oo

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पदबाट राजीनामा दिएका छन् । जिल्ला नेतृत्वलाई काम नदिएको भन्दै एक हप्ताअघि नै पार्टी महासचिवलाई राजीनामा बुझाएको सापकोटाले बताए ।

‘मैले एक हप्ताअघि नै पार्टी महासचिवलाई राजीनामा बुझाएको हुँ, बाहिर हल्ला नहोस् भन्ने चाहन्थेँ । जिल्ला नेतृत्वलाई खासै जिम्मेवारी नभएको र सानातिना काममा जसले गरे पनि हुन्छ अल्झिरहनुपर्ने अवस्था नभएकाले राजीनामा दिएको हुँ,’ उनले भने, ‘चुनावको समयमा हामीसँग सरसल्लाह हुन्छ भन्ने थियो, पार्टी सभापति नै उठेपछि त्यो समयमा केन्द्रलाई पनि जिताउने चिन्ता भयो । हामीसँग सल्लाह पनि भएन । अहिले पनि खासै काम छैन । त्यसैले जिम्मेवारीमा नरहने निर्णय गरेँ ।’

आफ्नै व्यवसाय भएको बताउने सापकोटा आन्तरिक कारणले पनि चितवन बसिरहन नपाउने भएकाले सभापति पद त्यागेको बताउँछन् । सापकोटा मुनलाइट टेलिभिजनका सञ्चालक पनि हुन् । पार्टीप्रति सकारात्मक भए पनि उनले स्वतन्त्र रूपमा आफू रहने बताए । 

ad
ad