१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘पिरोको झट्का स्प्राइटले मेटा’ क्याम्पेन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o९:oo

लेमनलाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको  झट्का स्प्राइटले मेटा’ नामक नयाँँ क्याम्पेन सुरु गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराको स्वाद अझै लिनका लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनका लागि यो क्याम्पेन सुरु गरिएको हो । 

क्याम्पेनको एउटा भागका रूपमा टेलिभिजन कमर्सियल (टिभिसी) पनि बनाइएको कम्पनीले जनाएको छ । जनकपुरमा त्यहाँको स्थानीय संस्कृति र खानेकुरालाई देखाइएको टिभिसीमा अमेरिकाबाट फर्किएकी युवती जनकपुरको हावापानी, रहनसहनले अत्यन्तै प्रभावित हुने र त्यहाँका पिरो खानेकुरामा अझै पिरो थपेर खाँदा हुने पिरोको झट्का स्प्राइटले कम गरेको देखाइएको कम्पनीले उल्लेख गरेको छ ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली युवाले पिरो खानेकुरा रुचाउने हुनाले क्याम्पेनमा पिरो मेटाउने सन्देशसहित प्रस्तुत गरेको बताए । अहिले बजारमा एक सय ७५ मिलि र दुई सय ५० मिलिको आरजिबी (रिटर्नेबल ग्लास) बोतल तथा दुई सय ५० मिलि, पाँच सय मिलि, एक लिटर र १.५ लिटर तथा २.२५ लिटरको पेट बोतलमा लेमन स्वादको स्प्राइट बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ad
ad