
कुमारी बैंकका ग्राहकले सिजी डिजिटल एन्ड एलजी सप्पीबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा बैंक र सिजी डिजिटलबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले आधिकारिक सिजी डिजिटल र एलजी सप्पीमार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । योजना १५ फागुनसम्म लागू हुने बैंकले जनाएको छ ।
डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त यो सहकार्यमार्फत सिजी डिजिटल एन्ड एलजी सप्पीमा आफ्नो डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको जनाइएको छ ।
आगामी दिनहरूमा पनि बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरू ल्याइरहने जनाएको छ । हाल बैंकले देशभरमा तीन सय चार शाखा, तीन सय ४५ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।