Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १६:२८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से, तीन अर्बको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १६:२८:००

हप्ताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज आइतबार १४ दशमलव ६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलव ५४ विन्दुमा ओर्लिएको छ। 

आज होटेल र जीवन बिमाबाहेक अरू सबै समूहको सेयर घटेको छ। दुई सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब एक करोड ७० लाखबराबरको कारोबार भएकबो छ। 

आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्याेरेन्स र हिमालयन ऊर्जा विकास कम्पनको सेयर किनबेच भएको छ। समग्रमा बजार घटे पनि बाराही हाइड्रो, लुम्बिनी जनरल इन्स्याेरेन्स, आदर्श लघुवित्त, सूर्या ज्योति लाइफ इन्स्याेरेन्स र इन्ट्रन हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।