मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १२ बिहीबार ०८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी स्थायी कमिटी बैठक आज, एकता वार्ताको प्रगतिमाथि छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १२ बिहीबार ०८:१६:००

सत्तारूढ दल माओवादीको स्थायी कमिटी बैठक बिहीबार बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजीतिक अवस्था र पार्टी एकताको विषयमा छलफल हुनेछ । एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग एकताको विषयमा भएको वार्ताबारे बैठकमा छलफल हुनेछ । 

एकीकृत समाजवादीसँग ठोस ढंगले एकता प्रक्रिया अगाडि नबढे पनि नेसपासँग छिट्टै एकता गरेर जाने सझदारी छ । ‘पार्टी एकता गरेर जाने समझदारी कार्यदलमा भएको छ । नमिलेका विषय विशेष महाधिवेशनबाट मिलाउने समझदारी छ,’ नेसपा सहअध्यक्ष एवं कार्यदल संयोजक गंगानारायण श्रेष्ठले भने ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले एकतासम्बन्धी प्रस्ताव पनि बैठकको एजेन्डा हुने बताए । ‘नेसपासँग वार्तामा केही प्रगति भएको छ । अन्य पार्टीसँग अहिलेसम्म ठोस प्रगति भइसकेको छैन । स्थायी कमिटी बैठकमा पार्टी एकताको एजेन्डामा पनि छलफल हुन्छ,’ उनले भने ।

स्रोतका अनुसार माओवादी र नेसपाबीच नामको विषयमा कुरा मिल्न बाँकी छ । दुवै पार्टीका कार्यदलबीच पटक–पटक छलफल भए पनि नाममा सहमति जुटेको छैन । माओवादीले पार्टीको नाम नयाँ राखे पनि नेकपा छुटाउन नहुने बताएको छ भने नेसपाले समाजवादी पार्टी राख्नुपर्ने अडान राखेको छ । समाजवादी मात्रै राख्दा सम्पूर्ण वाम–समाजवादी शक्तिलाई समेट्न सकिने नेसपाको तर्क छ ।