Skip This
हरिवंशले किने विद्युतीय एसयुभी ‘बिवाइडी एटो–३’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Tuesday, 16 September, 2025
२o७९ माघ ११ बुधबार १o:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हरिवंशले किने विद्युतीय एसयुभी ‘बिवाइडी एटो–३’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार १o:५६:oo

 कलाकार हरिवंश आचार्यले विद्युतीय एसयुभी ‘बिवाइडी एटो–३’ खरिद गरेका छन् । उनी बिवाइडी एटो–३ को ब्रान्ड एम्बासडर पनि हुन् । गाडी डेलिभरी लिएपछि उनले फेसबुकमा ‘आजबाट म पनि देशमै उत्पादित विद्युत्बाट चल्ने बिवाइडीको बिजुली गाडीमा’ भन्ने स्टाटस लेखेर फोटोसहित पोस्ट गरेका छन् ।

‘बिवाइडी एटो–३ मेरो कारका रूपमा पाउँदा अत्यन्तै खुसी छु,’ आचार्यले भने, ‘मलाई विश्वास छ, यो कारले मलाई उत्कृष्ट ड्राइभिङ अनुभव मात्र दिनेछैन, पर्यावरण जोगाउन पनि उत्तिकै महत्वपूर्ण योगदान दिनेछ ।’ ब्याट्रीबाट चल्ने हुँदा विद्युतीय कार वातावरणमैत्री हुन्छन् ।

हरिवंशजस्तो चर्चित कलाकार तथा समाजसेवीलाई बिवाइडी एटो–३ हस्तान्तरण गर्न पाउँदा अत्यन्तै हर्षित भएको बिवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । बिवाइडी एटो–३ आकर्षक फिचर र लक्जरी सुविधा भएको विद्युतीय एसयुभी हो । यो कारमा ६०.५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । फुल ब्याट्री चार्जमा यो गाडीले चार सय २० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । गाडीको ब्याट्री फास्ट चार्जरबाट ०–८० प्रतिशत ५० मिनेटमै चार्ज हुन्छ । यो गाडीले ७.३ सकेन्डमै ०–१०० किलोमिटरको गति समात्ने कम्पनीले जनाएको छ ।

एटो–३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । यो गाडी डिजिटल इन्ट्रुमेन्ट कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक पावर सिट, सातवटा एयरब्यागजस्ता फिचरले सुसज्जित रहेको कम्पनीले जनाएको छ ।