मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ११ बुधबार o६:o५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद् भवनअगाडि आत्मदाह प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार o६:o५:oo

इलामका एक युवकले नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका छन् । सूर्योदय नगरपालिका– ११ केराबारीका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।  

सूर्योदय नगरपालिका– ११ केराबारीका प्रेमप्रसाद आचार्य

प्रहरी र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित ‘बर्निङ अस्पताल’ पुर्‍याइएका उनको उपचार भइरहेको छ । उनको ८० प्रतिशत शरीर जलेको चिकित्सकले जनाएका छन् ।

आत्मदाहको प्रयास गर्नुअघि उनले फेसबुकमा ‘स्टाटस पोस्ट’ गरेका थिए । विभिन्न व्यवसाय गर्ने सिलसिलामा सरकार, बैंक, व्यापारी, साहु, नेता तथा कर्मचारीबाट ठगिएको र आफूलाई असफल बनाइएको भन्दै उनले राज्य सञ्चालन प्रणालीमाथि कैयन् प्रश्न उठाएका छन् । 

स्वदेशी सुपरमार्केट तथा विदेशी बहुराष्ट्रिय कम्पनीले नेपाली बजार कब्जा गरेको, उनीहरूले आफ्ना विभिन्न उत्पादन उधारोमा लगेर समयमा पैसा नदिएको, एक वर्षसम्म होल्ड गरेर उल्टै सामान नै फिर्ता गरी धोका दिएको आरोप लगाएका छन् । सामान बजारमा फस्ने तथा पैसा नउठ्ने भएपछि बैंकले ऋण दिन छाडेको र चर्को ब्याजदरमा व्यक्तिसँग लिएको ऋणले गाँजेको वित्तान्त लेखेका छन् । यस्ता कम्पनीहरूलाई नियमन गर्न सरकारसँग उनको माग छ । 

ट्राभल व्यवसायमा समेत हात हालेका उनले चिनियाँलगायत विदेशी पर्यटक र काठमाडौंका केही कलेजका विद्यार्थीलाई भ्रमणमा लगेबापतको पैसा विभिन्न बहाना गरेर नदिँदा अप्ठ्यारोमा पर्दै गएको पनि बताएका छन् । साना व्यवसायीलाई दोहोरो–तेहोरो कर लगाएर सरकारले मर्कामा पारेको गुनासो पनि आचार्यको छ ।