१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ९ सोमबार o८:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुद्ध एयरले २५ वर्ष पुरानो जहाज क्यानेडियन कम्पनीलाई बेच्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार o८:o७:oo

आन्तरिक उडानमा अग्रणी बुद्ध एयरले पहिलो व्यावसायिक उडान गरेको बिचक्राफ्ट जहाज बिक्री गरेको छ । अढाई दशकअघि बुद्धले १९ सिट क्षमताका बिचक्राफ्ट जहाजबाट व्यावसायिक उडान थालनी गरेको थियो । अहिले बुद्धले दुईवटै ‘बी १९००डी’ जहाज क्यानेडियन कम्पनीलाई बिक्री गरेको हो ।

बुद्धले नेपालमा तुलनात्मक रूपमा सुरक्षित मानिएको एटिआर जहाजबाट मात्र उडान गर्ने भएको छ । अहिले बुद्धसँग तीनवटा ‘एटिआर४२–३२०’ र ११ वटा ‘एटिआर७२–५००’ जहाज रहेका छन् । एटिआर विमानबाट मात्रै उडान गर्ने निर्णयपछि उडानयोग्य अवस्थामै रहेको बिचक्राफ्ट जहाज बिक्री गरेको बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बताए । ९एन–एइई कलसाइनको ‘बि१९०० डी’ जहाजले पहिलो उडान ११ अक्टोबर १९९७ मा गरेको थियो । 

बुद्धका बिचक्राफ्ट ९एन–एइई जहाज १५ सेप्टेम्बर १९९७ र ९एन–एइडब्लू १८ सेप्टेम्बर १९९८ मा उत्पादन भएका हुन् । करिब ७५ हजार साइकल पूरा गरेका दुईवटै जहाज क्यानेडियन कम्पनीले खरिद गरेको हो । एक ठाउँबाट उडेर अर्को ठाउँमा अवतरण गरेपछि जहाजको एक साइकल पूरा हुन्छ ।

पुरानो जहाजको नियमित मर्मत–सम्भार खर्च बढ्दै गएपछि जहाज बिक्री गर्ने निष्कर्षमा बुद्ध एयर पुगेको हो । थापाले भने, ‘विमान निर्माता कम्पनीको मापदण्डबमोजिम नियमित मर्मत–सम्भार गरेकै कारण जहाज उडानयोग्य भएकाले विदेशी कम्पनीले किनेको हो ।’ २५ वर्षअघि ४.५ मिलियन डलरमा खरिद गरेका जहाज क्यानेडियन कम्पनीलाई राम्रै मूल्यमा बिक्री गरेको कम्पनीको भनाइ छ ।