Skip This
शारीरिक ऊर्जाका लागि  व्यायाम र सन्तुलित जीवनशैली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ ६ शुक्रबार ११:o९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शारीरिक ऊर्जाका लागि  व्यायाम र सन्तुलित जीवनशैली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार ११:o९:oo

सन्तुलित भोजन र व्यायामले शरीरका सबै अंगलाई मजबुत गराउँछ । त्यसैले तपाईंले आफ्नो स्वास्थ्यका लागि समय निकाल्न आवश्यक छ । चिसो मौसममा मानिसको सक्रियता घटेर जाने भएकाले व्यायामको आवश्यकता अझै धेरै पर्छ । यसले रोगसँग लड्ने क्षमता विकास गर्छ । 

सन्तुलित जीवनशैली
अधिकांशलाई व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम छ । तर, हामीले व्यायाम गरेपछि सोहीअनुसार अनुशासित र सन्तुलित जीवनशैली अबलम्बन गर्नुपर्छ । तनाव कम लिने, आठ घण्टा नियमित सुत्ने, समयमै उठ्ने, बेलुकी समयमै सुत्ने गर्नुपर्छ । धुम्रपान, मदिरालगायतको लतबाट टाढा रहनुपर्छ ।  

जिम जानुस् वा घरमै व्यायाम गर्नुस्, सन्तुलित भोजन आवश्यक छ । शरीरलाई प्रोटिन, फ्याट, फाइबर, भिटामिन आवश्यक पर्ने भएकाले सन्तुलित खानेकुरा खानुपर्छ । अन्डा, माछा, मासु, केरा, दूध, ओटमिल, सलादलगायत खानुपर्छ । बोसोरहित मासु खानुपर्छ । सकेसम्म हरियो सागसब्जी र फलफूलमा जोड गर्नुपर्छ । पर्याप्त पानी पिउने गर्नुपर्छ । 

व्यायामका फाइदा
शारीरिक व्यायामका लागि नियमित जिम जानुपर्छ वा जिम गएर व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम धेरैमा हुन्छ । स्वस्थ रहन हामी घरमै पनि कसरत गर्न सक्छौँ । कम्तीमा साताको तीनदेखि पाँच दिनसम्म आधा घन्टादेखि एक घन्टासम्म शरीरलाई सक्रिय राख्नुपर्छ । 
- मुटु स्वस्थ राख्छ ।
- तौल नियन्त्रण हुन्छ । 
- कोलेस्ट्रोल, मधुमेहजस्ता रोग लाग्ने खतरा कम हुन्छ । उच्च रक्तचाप सामान्य हुन्छ ।
- चिन्ताबाट मुक्ति गराउँछ । 
- शरीरलाई ऊर्जा मिल्छ, कार्यमा परिवर्तन ल्याउँछ । अनिद्रा रोकथाम हुन्छ ।