१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार हुँदैन : डा.वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:२९:oo

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताएका छन्।
 
बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, स्वयाबिन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन्। 

उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना पनि धेरै रहेको बताए। उनले नेपाल विप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसके पनि नेपालले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए।

सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताउँदै डा. वाग्लेले ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताए। 

वाग्लेले सरकारले राजस्व र खर्चको असन्तुलन निर्मम रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलबभत्ता दिँदैमा सकिने अवस्था रहेको बताए। 

बाहलवाला कर्मचारीलाई तालिम दिएर राजस्व संकलन नबढ्ने भन्दै कर्मचारीलाई तालिमभन्दा पनि चार्टर एकाउन्टेन्ट (सिए) हरूलाई हायर गरेर काम गर्ने हो भने राजस्व बढाउन सकिने उनको तर्क थियो। 

उनले विश्वभर नै आर्थिक अवस्था संकुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्न सक्ने बताए। 
 

ad
ad