मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

मधेस प्रदेश सभाको सभामुखमा सत्तागठबन्धनबाट एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। मंगलबार प्रदेश सभामा सभामुखका लागि भएको निर्वाचनमा बहुमतले मण्डल विजयी भएका हुन्।

प्रदेश सभामा उपस्थित १०३ सांसदमध्ये मण्डलको पक्षमा ७४ जनाले मतदान गरेका थिए। उनको विपक्षमा २९ मत परेको थियो। एकीकृत समाजवादीको समर्थनमा नेपाली कांग्रेसले सांसद जंगीलाल यादवलाई सभामुखको उम्मेदवार बनाएको थियो।
 

सुझावित समाचार