Skip This
झापामा कृषि प्रवर्द्धन गर्न १३ करोड लगानी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Tuesday, 13 May, 2025
रासस बनियानी
२o७९ पौष २८ बिहीबार १४:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

झापामा कृषि प्रवर्द्धन गर्न १३ करोड लगानी

Read Time : > 1 मिनेट
रासस, बनियानी
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १४:४२:oo

झापामा कृषिलक्षित करोडौँ रुपैयाँको कार्यक्रम सञ्चालनमा रहेका छन्। चालू आर्थिक वर्ष ०७९/८० मा रु. १३ करोड २३ लाख ७५ हजारबराबरको विभिन्न ३०  शीर्षकमा कृषिलक्षित कार्यक्रम सञ्चालनमा रहेका कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। तीमध्ये २७ कार्यक्रम प्रदेश १ सरकारअन्तर्गत र तीन संघीय सरकारअन्तर्गतका रहेका छन्।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि अनुदान, प्रदर्शनी, तालिम, भण्डारण केन्द्र निर्माण, नमुना कृषि फर्म स्थापनालगायतका कार्यक्रम रहेको प्रमुख विष्टले जानकारी दिए। ‘११  कार्यक्रममा अनुदानका लागि लाभग्राही किसान, फर्म छनोट भइसकेका छन्,’ उनले भने, ‘माघदेखि पुनः सूचना निकालेर कार्यक्रम अघि बढाउँछौँ।’ ठूला कार्यक्रमको छनोटकार्य सकिएको र चाँडै अनुदान वितरण गरिने उनले बताए।

जिल्लामा प्रदेश सरकारअन्तर्गत अलैँची प्रशोधन यन्त्र उपकरण खरिद अनुदानमा रु. पाँच करोड, पुष्प खेतीका लागि नर्सरी स्थापनाका लागि रु. चार लाख, मसिना तथा बास्नादार धान खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत रु. १५ लाख, युवालक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रमका लागि रु. ३० लाख, प्याज उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु. १० लाख, मागमा आधारित कार्यक्रमका लागि रु. १५ लाख बजेट रहेको छ।

त्यस्तै, नमुना कृषि फार्म स्थापना सहयोगअन्तर्गत २८ लाख, प्रांगारिक मल उत्पादन पूर्वाधार तथा यन्त्र उपकरण सहयोगका लागि रु. एक करोड, सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरणमा सहयोगका लागि रु. एक करोड, अदुवा प्रशोधन उद्योगयन्त्र उपकरण खरिद सहयोगका लागि रु. ५० लाख, स्थलगत घुम्ती किसान तालिमका लागि रु. एक लाख, विषादी खुद्रा विक्रेता तालिमका लागि रु. चार लाख ५० हजार, घुम्ती माटो परीक्षण शिविरका लागि रु. एक लाख ३५ हजार, हाइब्रिड मकै खेती विस्तार आयोजनाका लागि रु. ४५ लाख, हरियो मल प्रदर्शनी कार्यक्रमका लागि रु. नौ लाख, घुम्ती प्रयोगशालामार्फत शिविर सञ्चालनका लागि रु. चार लाख ५० हजार बजेट रहेको कार्यालयले जनाएको छ।

यस्तै, माटो परीक्षण शिविर सञ्चालनार्थ रु. दुई लाख ८० हजार, धान बालीमा यान्त्रिकीकरण प्रयोग प्रवर्द्धन कार्यक्रमका लागि रु. १५ लाख, मकै बालीमा यान्त्रिकरण प्रयोग प्रवर्द्धन कार्यक्रमका लागि रु. ६ लाख, धानखेती नवीनतम मेसिनरी प्रयोग प्रदर्शनका लागि रु. १८ लाख, कृषियन्त्र उपकरण खरिदमा ब्याज अनुदानका लागि रु. १० लाख, जुट खेती प्रवर्द्धन कार्यक्रमका लागि रु. चार लाख, कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शनका लागि रु. पाँच लाख, जैविक विषादी उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु. दुई लाख २५ हजार र विभिन्न स्थानमा प्लाण्ट क्लिनिक सञ्चालनका लागि रु. चार लाख बजेट रहेको छ।

यस्तै, संघीय कृषि कार्यक्रमअन्तर्गत पुरानो ब्लक विकास कार्यक्रमको निरन्तरता (धान, केरा, मकै)का लागि रु. ३९ लाख ३५ हजार, खाद्यान्न भण्डारण गृह निर्माणका लागि रु. एक करोड ५० लाख र बिउ प्रशोधन पूर्वाधार–बिउ भण्डारण गृह निर्माणका लागि रु. एक करोड ५० लाख बजेट रहेको  केन्द्रले जनाएको छ।