१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २१ बिहीबार १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यूनतम साझा कार्यक्रममा आमनागरिकका विषयलाई पहिलो प्राथमिकता : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १७:१o:oo

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम आमनागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन्। 

बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै सरकारका न्यूनतम साझा कार्यक्रम आमनागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन्। 

उनले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहना पूरा गर्ने गरी कार्यक्रम आउने बताए। उनले सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए। 

उनले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेन्डामा कुनै पनि दलको विमति नभएको बताए। साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताउँदै सरकारले आमनागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेकाले दाबी गरे।