१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २० बुधबार १४:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योगी-व्यवसायीलाई यो सरकार ‘रातो कार्पेट’ले स्वागत गर्छ : गृहमन्त्री लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २० बुधबार १४:१७:००

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग–व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी–व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।

उनले उद्योग–व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाए।उद्योगी व्यवसायीले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गर्दै उनले अब व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञलाई भेटेर समय खेर फाल्नु नपर्ने दाबी गरे।

सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरूले सल्लाह–सुझाव दिन आग्रह गर्दै उनले उद्योगी–व्यवसायीले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिए।

उनले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरूको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताए।उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कालोबजारी राेक्र्नु गृह मन्त्रालयका लागि चुनौतीको विषय भएको बताए।