१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हेयर स्याम्पु कतिवेला परिवर्तन गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२४:oo

धेरैजसो मानिसले सधैँ एउटै ब्रान्डको स्याम्पु प्रयोग गरिरहेका हुन्छन् । नयाँ हेयर प्रडक्ट वा नयाँ ब्रान्डको स्याम्पु प्रयोग गर्दा कपालमा समस्या देखिन सक्छ भन्ने उनीहरूलाई लागेको हुन सक्छ । तर, कतिपय अवस्थामा तपाईंले प्रयोग गरिरहेको स्याम्पुले कपालमा उल्टै समस्या निम्त्याउन पनि सक्छ । यस्तो अवस्थामा नयाँ ब्रान्डको स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ ।

  • तपाईंको कपाल ड्राई बन्दै गयो भने प्रयोग गरिरहेको स्याम्पु बदल्नुपर्छ ।
  • तपाईंको कपाल झर्न थाल्यो भने र रोकिने छाँटकाँट देखिएन भने त्यस्तो अवस्थामा तुरुन्तै स्याम्पु बदल्नैपर्छ । शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ र हेयर ट्रिम गर्दा पनि कपाल झर्न रोकिएन भने स्याम्पु फेर्नेबारे सोच्नुपर्ने हुन्छ । यति गर्दा पनि भएन भने तपाईंले स्याम्पु परिवर्तनबारे विशेषज्ञसँग सल्लाह लिनुपर्छ । 
  • तपाईंले कपाल कलरिङ गर्नुभयो वा कपालमा कुनै पनि केमिकल ट्रिटमेन्ट गर्नुभयो भने पनि प्रयोग गरिरहेको स्याम्पु बदल्नुपर्छ । यो अवस्थामा पुरानै स्याम्पुले कपाल राम्रो हुँदैन । कपाललाई स्विटेबल हुने प्रडक्टको स्याम्पु प्रयोग गर्नुपर्ने हुन्छ । 
  • मौसमअनुसार पनि हेयर स्याम्पु परिवर्तन गर्नु राम्रो हुन्छ । कपालको प्रकृति हेरेर जाडो वा गर्मी मौसममा फरक–फरक स्याम्पु प्रयोग गर्नुपर्छ । जाडोमा मोस्चर बढी भएको र गर्मीमा मोस्चर कम भएको प्रयोग गर्दा उत्तम हुन्छ ।
ad
ad