मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष १८ सोमबार ०९:०९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्ता कपडाले बनाउँछ बालबालिकालाई न्यानो

Read Time : > 1 मिनेट
२०७९ पौष १८ सोमबार ०९:०९:००

वयस्क मानिसहरूको दाँजोमा बालबालिकाको  रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । त्यसैले उनीहरूलाई चिसोले बढी सताउने गर्छ । तर, धेरै बालबालिकाले आफूलाई चिसो महसुस भएको कुरा व्यक्त गर्न सक्दैनन् । त्यसैले उनीहरूलाई कस्तो कपडा लगाइदिने भन्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्छ । अहिले स्वेट सर्ट हुडी विशेष चलेको छ । यो पोलर कपडामा आउँछ । उलनको कपडाले कतिपयलाई चिलाउन सक्छ । तर, पोलरको कपडा लगाउँदा न्यानो र सहज हुन्छ ।

 बालकको कपडा कस्तो ?
बालकले लगाउने स्वेट सर्ट हुडीको माग बढेको छ । विशेषगरी, राउन्ड नेक र टोपीवाला हुडी चलेको छ । यो टिसर्टजसरी लगाउन पनि मिल्छ । ज्याकेटजसरी पनि लगाउन मिल्छ । लगाउँदा न्यानो हुन्छ । यसको भित्रपट्टि भुवा हुन्छ । घाँटीमा चिसो नजाने टाइपको पनि हुन्छ । त्यसैगरी, यसमा चेन पनि हुन्छ ।  चिसोको समयमा विशेषगरी बिहान र बेलुकी ‘स्वेट सर्ट हुडी’ लगाएर बाहिरबाट ज्याकेट लगाउँदा पनि हुन्छ । दिउँसोको समय थर्मकोट लगाएर बाहिर हुडी लगाइदिन पनि सकिन्छ । त्यस्तै, भुवा भएको पाइन्ट लगाउन सकिन्छ । 

बालिकाको कपडा कस्तो ?
बालिकाको हकमा पनि स्वेट सर्ट र हुडीको माग बढी छ । यो हुडीको डिजाइन युनिसेक्स रहेको छ । बालक र बालिका दुवैलाई हुने गरी आउँछ । महिला र पुरुषमा कहिलेकाहीँ कलर र प्रिन्ट पिक्चरले फरक छुट्याउँछ । तर, कपडा एउटै हुने गर्दछ । 

यो वर्षको चिसोयाममा स्वेट सर्ट हुडी चलेको छ ।  त्यसैगरी, जाडोका लागि बालिकाहरूले लगाउन मिल्ने उलनको फ्रक पनि बजारमा आएको छ । खुट्टा चिसो नहोस् भनेर बाक्लो न्यानो खालको लेगिन्ससहितको सेट आउँछ । यसको सेटको मूल्य १२ सयदेखि ३ हजारसम्म पर्दछ । 

नवजात शिशुको कपडा कस्तो ?
नवजात शिशुको हकमा जाडोमा लगाउन मिल्ने रम्पेर्स रहेको छ । यो पोलर फर र उलनमा पाइन्छ । यो टु पिस, थ्री पिसमा पनि पाइन्छ । यसमा टिसर्ट, ट्राउजर र ज्याकेट हुन्छ । भर्खर जन्मेकादेखि एक वर्षसम्मको बालबालिकालाई हुने गरी खुट्टादेखि माथिसम्म चेन भएको वानपिस पनि बजारमा आएको छ । यो तलदेखि माथिसम्म एउटै हुन्छ । बालबालिकालाई भित्र भोटो, दौरा, सुरुवाल लगाएर बाहिर यो लगाइदिँदा न्यानो हुन्छ । 

बजारमा यस्ता ज्याकेट 
बालबालिकाले लगाउन मिल्ने चिप्लो खालको कपडामा फर र उलनका ज्याकेट बजारमा उपलब्ध छन् । विशेष गरी बालबाललिकालाई न्यानो बनाउनका लागि हाफ ज्याकेट, फुल ज्याकेट, सिलिकन ज्याकेट, कटन ज्याकेट बजारमा आएको छ । यो धेरै हेभी हुँदैन, बालबालिकालाई लगाइदिँदा सहज हुन्छ । यसको मूल्य न्यूनतम दुई हजारदेखि चार 
हजारसम्म पर्छ । 

बालबालिकाको टोपी
मिनी क्याप : यसमा गाँठागुठी केही हुँदैन । बालबालिकालाई लगाउन यो सजिलो हुन्छ । 

पन्जाबी टोपी : यो लगाउँदा फेसनेबल देखिन्छ । माथि टाउकोमा फेटाजस्तो बाँधेको हुन्छ । नवजातदेखि दुई वर्षसम्मका बालबालिकाका लागि यसको माग बढ्दो छ । बालिकाको हकमा अलि फेन्सी खालको बटरफ्लाई भएको पनि पाइन्छ । यी सबै उलनको हुन्छ । 

उलनको टोपी : उलनको टोपी लगाउँदा बच्चाको कान चिलाउँदैन । लगाउन सजिलो पनि छ । त्यसैगरी, जाडोयामका लागि बालबालिकालाई टोपी, मोजा, पन्जा, मफलर लगाइदिनुपर्छ ।