१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा माओवादीलाई दलको नेता छान्न सकस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:५३:oo

माओवादी केन्द्रलाई बागमती प्रदेशमा संसदीय दलको नेता छान्न सकस परेको छ। सहमतीमै दलको नेता छान्ने दावी गर्दै आएको माओवादीलाई कुनैपनि आकांक्षीहरु पछि नहटेपछि दलको नेता छान्न सकस भएको हो।दलको नेता छान्न पटक पटक बैठक बसेपनि माओवादी बागमती प्रदेश निष्कर्षमा पुग्न सकेको छैन । शुक्रबार काठमाडौंमा बसेको बैठक विना निष्कर्षमा टुंगिएपछि आज शनिबार पुनः बस्ने भएको छ  । 

माओवादी बागमती प्रदेशमा दलको नेताका आकांक्षीहरु बढेसँगै दलको नेता चयनमा समस्या भएको एक नेता बताउँछन् । दलका नेताका लागि माओवादी केन्द्रमा यसअघि दलका नेता रहेका प्रदेश मन्त्री शालिकराम जमरकट्टेल र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

तर दलको नेतामा पुर्वमन्त्री युवराज दुलाल शरद र गंगानारायण श्रेष्ठको पनि दाबी छ । बाबुराम भट्टराईको लाइनका श्रेष्ठले पनि बागमती प्रदेशमा दलको नेताको रुपमा दाबी गरेका छन् । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न हिजो शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज शनिबारसम्मका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।

उनले शुक्रबारको बैठकमा सहमतीको प्रयास गरेपनि कुनैपनि आकांक्षी पछि नहटेका कारण बैठक आज शनिबारको लागी सारिएको हो । बैठक आज माओवादीको केन्द्रीय कार्यलय पेरिस डाँडामा बस्ने अध्यक्ष सहयात्रीले बताए । ‘सकेसम्म आजै सहमतीमा दलको नेता चयन गर्छौँ । सहमतिको अवस्था नबने चुनावी प्रकृया छँदैछ । चुनावबाटै दलको नेता चयन गर्छौं’ अध्यक्ष सहयात्रीले भने । 
 

ad
ad