१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सुकीलाई थप सात वर्ष जेल सजाय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४o:oo

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप सात वर्ष जेल सजाय सुनाइएको छ।

त्यहाँको अदालतले गैरकानुनी रूपमा वाकी-टकी आयात गरेको, कोभिड– १९ को नियम उल्लंघन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लंघन गरेको अभियोगमा दोषी ठहर गरी उनलाई थप सात वर्ष जेल सजाय सुनाएको हो। 

सन् २०२१ को फेब्रुअरीमा भएको ‘कु’पछि त्यहाँको सरकारले ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई हिरासतमा राख्दै आएको छ। यसले म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ।

केही महिनाअघि उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले राष्ट्रव्यापी निर्वाचन जितेको थियो र उनी अर्को पाँच वर्ष देशको नेतृत्व गर्ने अवस्थामा पुगेकी थिइन्। तर, उनीमाथि विभिन्न आरोप लगाएर नजरबन्दी राखियो। स्वाधीनताका नायक आङ सानकी छोरीसमेत रहेकी सुकीले पूर्वसैनिक शासनकालमा करिब दुई दशक नजरबन्दमा बिताएकी थिइन्। 

म्यानमारमा सुकी निकै लोकप्रिय भए पनि रोहिंग्या संकटसँग जुध्न उनको सरकारले गरेको व्यवहारले उनको विश्वव्यापी आलोचना भयो। सन् २०१७ मा सेनाले गरेको दमनका कारण करिब सात लाख ५० हजार रोहिंग्या अल्पसंख्यक समुदायका सदस्यहरू आफ्नो जलिरहेको गाउँबाट भागेर छिमेकी देश बंगलादेशमा जान बाध्य भए। 

पिता आङ सानले सन् १९४८ मा आफ्नो देशलाई स्वतन्त्रताप्राप्त गर्ने सबैभन्दा राम्रो अवसर प्रदान गर्न बेलायती र जापानी उपनिवेशवादी दुवैको पक्ष र विपक्षमा लडेका थिए। सुकीले आफ्नो प्रारम्भिक जीवनको अधिकांश समय म्यानमारबाहिर बिताएकी थिइन्। सुरुमा आमा भारतको राजदूत रहँदा भारत र पछि उनी अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनका सिलसिलामा गइन्। 

सन् १९६२ मा जनरल ने विनले पूर्ण सत्ता कब्जा गरेपछि उनले आफ्नो समाजवादी अभ्यासलाई म्यानमारमा लागू गरेकी थिइन्। तर, कुनै समय एसियाको ‘चामलको भकारी’को उपाधिले चिनिने देश अहिले विश्वको सबैभन्दा गरिब र सबैभन्दा पृथक् देशमा परिणत भयो। 

सन् १९८८ मा आफ्नी बिरामी आमालाई स्याहारसुसार गर्न स्वदेश फर्केपछि सुकी प्रजातन्त्रको जननीका रूपमा सम्मानित हुन पुगिन्। उनको नेतृत्वमा सन् १९९० को दशकमा केही समयपछि सेनाको अधिनायकवादी शासनको विरोधमा भएको प्रदर्शनलाई दमन गर्दा कम्तीमा तीन हजार व्यक्तिको मृत्यु भएको थियो। यो रक्तपात सुकीका लागि जनताका लागि संघर्ष गर्ने उत्प्रेरणा बनेको थियो।

सन् १९९० को निर्वाचनमा एनएलडीलाई भारी मतले जिताउनुअघि ४३ वर्षीया एक चामत्कारिक वक्ता रहेकी  उनले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहिन्। 

सत्ता छोड्न तयार नभएको सेनाले मतदानको परिणामलाई बेवास्ता गर्दै सुकीलाई उनको यांगुनस्थित घरमा सीमित गर्‍याे। जहाँ उनले १५ वर्ष बिताइन्। सन् १९९१ मा हिरासतमा रहँदा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो। 

जुन्ता प्रशासनले स्थायी रूपमा देश छोडेमा कुनै पनि वेला उनको कैद अन्त्य गर्ने प्रस्ताव गरेको थियो, तर सुकीले त्यसलाई अस्वीकार गर्दै आफूलाई देशप्रति नै समर्पित गर्ने प्रण गरिन्।  

त्यही समयमा उनले पति र नजरबन्दमा नै रहेका समय हुर्केका आफ्ना दुई छोरासमेत गुमाइन्। अन्ततः सेनाले सन् २०१० मा उनको पार्टीले बहिष्कार गरेको चुनावको केही दिनपछि उनलाई स्वतन्त्रता प्रदान गर्‍याे। यसबाट एउटा गैरसैनिक नागरिकको नेतृत्वमा सरकार गठन भयो। 

त्यसको पाँच वर्षपछि भएको अर्को निर्वाचनमा उनको दल एनएलडीले विजय हासिल गर्‍याे। यसले म्यानमारमा बहुसंख्यक जनतालाई खुसी तुल्यायो। सन् २०२० को मतदानले उनको पार्टीको बहुमत बढायो, तर सेनाले निर्वाचनलाई प्रभावित पार्न एनएलडीले धाँधली गरेको दाबी गर्दै उनलाई हिरासतमा राख्यो।  

तर, सन् २०१७ मा रोहिंग्या समुदायमाथि भएको दमनपछि सरकार र सेना ‘लकस्टेप’मा देखिएका थिए। उनको कार्यालयले भागेर आएका शरणार्थीलाई म्यानमारका सेनाले बलात्कार, गैरन्यायिक हत्या र आगजनीको सिकार बनाएको भन्ने दाबीको खण्डन गरेको छ।

उनले व्यक्तिगत रूपमा सेनाको आचरणको बचाउ गरिन्। सन् २०१९ मा संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतमा नरसंहारको आरोपको खण्डन गर्न हेगसमेत गइन्। त्यसको ठीक एक वर्षपछि उनी फेरि सेनाको नजरबन्दमा परिन्। 

ad
ad