१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ पौष १३ बुधबार १०:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बानियाँ र लामाको उम्मेदवारी दर्ता 

Read Time : < 1 मिनेट
२०७९ पौष १३ बुधबार १०:१३:००

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका छन्। हेटौँडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर दुवैजनाले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय बिहान ८  बजेदेखि १० बजेसम्म रहेको थियो ।  

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि सांसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । यसैगरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाको उम्मेदवारी दर्ताका लागि सांसद कुन्दनराज काफ्ले प्रस्तावक रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनावी कार्यक्रम सञ्चालन गरिरहेको छ । मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका सयोजक महर्जनले बताए।