१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

वासुदेव विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३६:oo

नेपाली हास्यव्यंग्य साहित्यकार स्व. भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिबार वितरण गरेको छ । अर्यालको ८७औँ जन्मजयन्तीको अवसर पारेर गुठीले एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको हो ।

गुठीले ०७९ को भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरेको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको भैरव वाङमय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरियो ।  त्यस्तै, ५१ हजार एक सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरियो ।

गुठीका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले पुरस्कारहरू वितरण गरेका थिए । कार्यक्रममा भैरव अर्यालको साहित्यिक योगदानबारे साहित्यकारहरू विजय चालिसे, प्राध्यापक डाक्टर सुषमा आचार्य, गोविन्द घिमिरे, वसन्त रिजाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले चर्चा गरेका थिए। 

पुरस्कृत स्रष्टाहरू विश्वम्भर चञ्चल र रामचन्द्र अधिकारीले भैरव अर्यालको नाम जोडिएको पुरस्कार पाउनु गर्वको विषय भएको बताए । कार्यक्रममा भैरव अर्यालका कविता एकीकृत गरी तयार गरी प्रकाशित गरिएको कृति ‘भैरव कवितावली’ सार्वजनिक गरिएको थियो ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनाेट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजकत्वमा साहित्यकार प्रह्लाद पोख्रेल र व्यंग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति बनाएको थियो । 
 

ad
ad