नयाँ सरकार गठनका लागि सत्तागठबन्धन पेचिलो छलफलमा जुटिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारको नेतृत्व आफैँले गर्नुपर्ने ‘बटमलाइन’ बनाएपछि सत्तागठबन्धन संकटमा परेको स्पष्ट देख्न सकिन्छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन दिएको एक साताको समय आज रातिबाट सकिँदै छ । त्यसैले गठबन्धनका नेताहरू घनीभूत छलफलमा जुटेका छन् ।
अहिले देउवा, प्रचण्ड, रामचन्द्र पौडेलबीच छलफल चलिरहेको वेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार प्रवेश गरेका छन् । वार्ता जारी छ ।