१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपचार नपाएर पाँच विपन्न दलितले ज्यान गुमाएको घटनामा आयोगको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:४४:oo

सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार नयाँ पत्रिकाले ‘उपचार नपाएर दुई सातामै सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। सोमबार एक विज्ञप्ति जारी गर्दै दलित आयोगले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। 

‘यस्ता घटना बर्सेनि हुने गरेका छन्, तैपनि नदोहोरिनका लागि राज्यले पर्याप्त पहल गरेको देखिन्न। त्यसैले यस्ता घटना पुनः हुन नदिनका लागि राज्यले दीर्घकालीन नीति बनाउनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्ता संवेदनशील घटनाहरूको अल्पकालीन र दीर्घकालीन समाधानका लागि आयोगले विभिन्न समयमा सिफारिस र ध्यानकर्षण गराए पनि सरकारको बेवास्ताले गर्दा समस्या बढिरहेको आयोगको ठहर छ। पीडित परिवारलाई सहयोग गर्न, बिरामीहरूलाई स्वास्थ्य उपचार र शीतलहरबाट बच्न अन्य  आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

ad
ad