मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २५ आइतबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्द कोठाभित्र गरिने कार्यक्रमले महिला हिंसा रोकिँदैन : मन्त्री रेग्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार १६:५५:oo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छिन्। 

आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी हुन्। 

उनले अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउन सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन्।
 
मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिंगाे राष्ट्रको समस्या भएको बताइन्। घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनले उल्लेख गरिन्। 

उनले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको बताइन्। महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उनले सुनाइन्।