१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आर्मीका खडकसिंहले जिते आठौँ नेपालगन्ज म्याराथनको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:२२:oo

विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले आठौंँ संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनमा खडकले निर्धारित दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्।

चौथो संस्करणको नेपालगन्ज म्याराथनबाहेक सबै संस्करणमा सहभागी भएका उनी सातौँ संस्करणमा चौथो भएका थिए। प्रतियोगितामा आर्मीकै नरेन्द्र रावत दोस्रो भए। उनी सातौँ संस्करणमा पनि दोस्रो भएका थिए। उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा पार गरेका आयोजक क्रियटिभ ह्यान्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।

आर्मीकै मोहनदेव जोशी २ घन्टा २४ मिनेट ३६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए। २ घन्टा ४१ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै कमलराज तिमिल्सिना चौथो तथा रहिवत दाहाल, यामदेव राई, बलबहादुर सुनार र विकास यादव क्रमशः पाँचौँ, छैठौँ, सातौँ र आठौँ भए।

उपाधिसँगै खडकले एक लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो भएका नरेन्द्रले ६० हजार, तेस्रो भएका मोहनदेवले ३० हजार र चौथो भएका कमलले १५ हजार रुपैयाँ पाएका छन्।

ad
ad