मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार ११:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमाले सातै प्रदेशमा रक्तदान कार्यक्रम गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार ११:५५:००

सानिमा बैंकले स्थापनाको १८औँ वार्षिकोत्सवको अवसर पारेर देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम गर्ने भएको छ । बैंकले काठमाडौंको नक्सालमा रक्तदान कार्यक्रम आयोजना गरेर सातै प्रदेशमा कार्यक्रम राख्ने जनाएको हो । 

सामुदायिक सेवा केन्द्र नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एसोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ । त्यस्तै, आउँदो पुस ९ गतेसम्ममा देशका सातैवटा प्रदेशमा रहेका शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अनवरत रूपमा दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मानपत्र प्रदान गरेको जनाइएको छ । कर्मचारीलाई सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रूपमा स्थापित हुन सफल भएको बताए ।

आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने उनको भनाइ थियो । बंैकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्तिलगायतका विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । बैंकले हाल देशका सातै प्रदेशमा एक सय ३० कार्यालय र एक सय २३ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।