१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई स्मार्ट बनाउन के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:o७:oo

आजभोलि बच्चाहरू घरमा अधिकांश समय डिजिटल स्क्रिनमा झुम्मिएका हुन्छन् । उनीहरू फुटबल र क्रिकेटजस्ता खेल पनि एपमार्फत खेल्छन् । यस्ता बच्चाका अभिभावकले उनीहरूलाई खुला मैदानमा दौडन प्रेरित गर्नुपर्छ । किनकि, शारीरिक गतिविधिमा संलग्न हुँदा उनीहरू स्मार्ट बन्छन् । 

- प्रकृतिमा समय गुजार्दा बच्चाहरू फिट रहन्छन् । मोटोपन र अल्छीपन हुँदैन र पढाइमा राम्रो गर्छन् । 
- खेलकुदमा लाग्नाले कल्पना शक्ति बढ्छ, जसले सिर्जनशीलता बढाउँछ ।
- उनीहरूले नयाँ–नयाँ खेल खेल्न सिक्नेछन् र नयाँ नयाँ साथीहरू बनाउनेछन् ।  
- प्राकृतिक प्रकाशले शरीरमा ऊर्जा दिन्छ । जसले हड्डी बलियो बनाउँछ । हृदय रोग र मधुमेहको जोखिम कम हुन्छ । 
- मोबाइलमा झुम्मिँदा आँखाको ज्योति कमजोर हुने खतरा देखिन्छ । बाहिर खेल्न निस्कँदा यो समस्याबाट बच्न सकिन्छ । 
- बाहिर खेल्न निस्किएपछि अनिद्राको समस्या हटेर जानेछ । शारीरिक गतिविधिका कारण बच्चालाई मिठो निद्रा लाग्नेछ । 

ad
ad