१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ मङ्सिर १९ सोमबार ०८:२०:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार ०८:२०:००

सरकारी गाडीमा इम्बोस्ड नम्बर जडान गर्ने निर्णय भएको छ । यसबाट विभागले कस्तो सुधारको अपेक्षा गरेको हो?
हाल मुलुकभर करिब तीन लाख दुईपांग्रे र एक लाख चारपांग्रे गरी चार लाख सरकारी सवारीसाधन रहेका छन् । तिनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नम्बरमा एकरुपता आउँछ, साधनको चोरी र दुरुपयोग नियन्त्रण हुन्छ । राजस्व परिचालनसमेत बढ्छ । त्यसैले, यो अनिवार्य छ ।

निजी सवारीसाधनका हकमा यस्तो  निर्णय कहिले हुन्छ ?
हालसम्म निजी र सरकारी सवारीसाधनमा झन्डै ५० हजार इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन् । हाल पनि व्यक्ति वा संस्थाले इम्बोस्ड नम्बर प्लेट अर्डर गरेर जडान गर्न सकिन्छ । हामी फागुनपछि निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरी आलटाल गर्नेलाई कारबाही गर्नेछौँ । 

शुल्क उच्च भएको र नम्बर ट्र्याक गर्ने पर्याप्त पूर्वाधार नबनी ल्याइएको यो व्यवस्था कति परिमाणमुखी होला ?
शुल्कबारे पर्याप्त गृहकार्य गरेरै तयार पारिएको हो । नम्बर ट्र्याकका लागि आरएफआइडी गेट निर्माणको काम सुरु भएको छ । मुलुकभर सडक विस्तारका कारण गेट निर्माणमा विलम्ब भए पनि सबै ठाउँमा गेट बन्छन् यसमा द्विविधामा पर्नुपर्दैन । त्यसैले, ढिलो या चाँडो इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएकाले त्यसका लागि किन विलम्ब गर्ने ?