पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

भर्खरै सकिएको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो । 

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि किम योङ वन र ह्वाङ हिचाले गोल गरे । थपिएको समयमा गोल गर्दै कोरियाले खेलमा अग्रता लिएको हो । 

पोर्चुगललाई हराएपछि अंक तालिकामा कोरियाको चार अंक भएको थियो । सोही समयमा भएको अर्को खेलमा उरुग्वेले घानालाई २–० ले हराएर चार अंक हासिल गरे पनि दक्षिण कोरिया समूहमा उपविजेता बन्यो । 

सुझावित समाचार